घरेलु तथा साना उद्योगको काम स्थानीय तहले गर्ने

अशोज २४, २०७४ मा प्रकाशित | 738 views

काठमाडौं । उद्योग मन्त्रालयले आफू मातहतका ७५ वटै जिल्लाका घरेलु तथा साना उद्योगसँग सम्बन्धित कार्यलयहरु स्थानीय तहमा हस्तान्तरण गरिसकेको जनाएको छ ।

मन्त्रालयले ४८ जिल्लाका जिल्ला घरेलु तथा साना उद्योग विकास समिति मातहतका कार्यालय तथा २७ जिल्लाका घरेलु उद्योग विभाग अन्र्तगतका जिल्ला घरेलु कार्यालयहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेको उद्योग मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा उद्योग विकास शाखामा रुपान्तरण भएका करिब २६० स्थानीय तहहरुमा जननिर्वाचित प्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको उद्योग मन्त्रालय उद्योग प्रर्वद्धन शाखाका प्रमुख प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

मन्त्रालयले ती सबै कार्यालयहरुलाई घरेलु तथा साना उद्योग दर्ता, नवीकरण राजस्व संकलन, अभिलेखिकरण, अनुुगमन, स्थानीय स्तरमा उद्यमशीलताको विकासका लागि तालिम उपलब्ध गराउने लगायतका ५२ वटा काम गर्ने जिम्मा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web