विराटनगर ।

भारतीय इशारामा सरकार निर्माण र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतकै कारण आफ्नो पार्टी विघठनको आरोप लगाउँदै आएका राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन शुनिश्चिगर्न आफनोपार्टीले सरकारलाई सर्मथन गरेको तर्क गरेका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै अध्यक्ष थापाले वर्तमान राजनितिक परिस्थितीका कारण कुुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको दाबी गरे ।

चुनावको शुनिश्चितानै एकमात्र शर्त भएको भन्दै अध्यक्ष थापाले सरकारमा सहभागी हुने विषयमा पार्टिले अहिले नसोचेको जिकिर गरे । थापाले मन्त्री वन्नका लागी पार्टिले सरकारलाई सर्मथन नगरेको उनको भनाई छ ।

एक प्रश्नमा उनले निर्वाचनको मिति घोषणा भएपनी अहिलेको परिस्थितीमा निर्वाचन आयोगको सहमतीमा मन्त्री मण्डल पुर्न गठनगर्न सकिने वताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच निर्वाचनका लागी हुने गठवन्धन स्वाभिक रहेको उनले प्रतिक्रिया दिए ।

स्मरणीय छ उपप्रधानमन्त्री सहित तीन मन्त्रालय तथा आसन्न निर्वाचनमा आफ्नो पार्टीको लागि सिट सुनिश्चित हुने देउवाको आश्वासन पनि पार्टी बैठक राखेर राप्रपाले देउवा सरकारलाई समर्थन र सरकारमा सहभागी हुने निर्णय हिजोको पार्टी बैठकबाट गरेको थियो ।

18.12¡ÆC