काठमाडौं । भुटानमा भर्खरै सम्पन्न ए एफ सी अण्डर १८ फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही २ लाख रुपैँया प्रदान गर्ने निर्णय गरेको छ ।

ललितपुरमा सोमबार सम्पन्न विशेष साधारसभामा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अण्डर १८ टोलीलाई नगद सहित सम्मान गर्ने घोषणा गर्नुभएको थियो ।

ए एफ सी अण्डर १८ मा विजयी हुँदै अण्डर १९ का लागि छनोट भएको टोलीले आईतबारदेखि नियमित अभ्यास शुरु गरिसकेको छ ।

यसैगरी, सोमबार सम्पन्न साधारणसभाले एन्फामा महिला समिति थप गर्ने निर्णय सहित अनुमोदित विघान पारित गरेको छ ।

थ्री स्टार क्लबलाई १ करोड ५० लाख दिने निर्णय गर्दै लामो समय देखिको विवादलाई पनि एन्फाले यसै साधारणसभाबाट टुङ्गो लगाएको छ ।

23.12¡ÆC