काठमाडौं ।

भूकम्पपछि पुनः निर्माण गरेर दोश्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका–नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले ५ महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेश्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

यो व्यवस्थापछि घरको जग उठाएर दोश्रो किस्ता लिन योग्य भएका घरधनीले दोश्रो किस्ताबापतको रु डेढ लाख र तेश्रो किस्ता बापतको रु एक लाख गरी एकैपटक रु २ लाख ५० हजार पाउनेछन् ।

अब निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाएपछि एकमुष्ट रकम प्राप्त गरी घर निर्माण गर्न सक्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

18.12¡ÆC