काठमाडौं ।

शेरबहादुर देउवाबाट उपप्रधान सहित परराष्टमन्त्रीको निम्तो पाएपछि कमल थापा नेतृत्वको राप्रपा सरकारमा जाने तयारीमा जुटेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल हुनेगरि सरकारका समेत सहभागी हुने गृहकार्यमा जुटेको राप्रपाले आज यसबारे औपचारिक निर्णय गर्ने तयारी थालेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन प्रस्ताव आएको खुलाएका हुन् ।

सत्तारुढ माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नैतिक संकटमा परेको सरकार जोगाउन साना दल बटुलेर महुमत पुर्याउने कसरतमा जुटेका छन् ।

राप्रपाले आज हरियो झण्डा देखाएमा देउवाले ढिलोमा भोलीसम्ममा माओवादी केन्द्रका मन्त्रीहरुलाई सरकारबाट हटाएर राप्रपालाई मन्त्रीहरु भाग लगाउने छज् । कांग्रेसले राजपा, फोरम, राप्रपासहितका ६ दलको लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा समेटेर देउवा निर्वाचनसम्म आफ्नो सरकार टिकाउने कसरतमा लागेका छन् ।

काँग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक नाम दिइएको गठबन्धनसँग राप्रपाले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १० र प्रदेशसभामा ३० सिट मागेको छ । काँग्रेसले भने यसमा छलफल गर्न सकिने भन्दै प्रतिनिधि सभामा ५ देखी ८ र प्रदेशसभामा १५ सिट दिन सकिने प्रारम्भिक छलफलमा बताएको राप्रपाका नेताहरुले बताएका छन् ।

19.12¡ÆC