काठमाडौं । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका शीर्ष नेताहरुले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेससभा निर्बाचन क्षेत्र निर्धारण कार्यदललाई ३ दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभामा चुनावी तालमेल गर्दै पार्टी एकीकरण गर्ने उद्देश्यले ती दलहरुले ६ बुँदे सहमति सार्वजनिक गरेपछि चुनावी घोषणा पत्र र आफ्ना उम्मेदवारहरुको निर्वाचन क्षेत्र तोक्न दुई वटा कार्यदल हिजो गठन गरेका थिए ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यदललाई आधारहरुसहितको निर्देशन दिनुभएको जानकारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिनुुभयो ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर संयुक्त घोषणापत्र तयार पार्न दुवै पार्टीका अध्यक्षले निर्देशन दिनुभएको बताउनुभयो ।

संयुक्त घोषणापत्र तयार पार्न एमालेका उपाध्यक्ष गौतमको संयोजकत्वमा र निर्वाचन क्षेत्रमा दुबै पार्टीका तर्फबाट उम्मेदवार तोक्न एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ ।

19.12¡ÆC