काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल पार्टीबीच एउटै कम्युनिष्ट पार्टी बनाउने लगायत ६ बुँदे समझदारी भएको छ ।

आज काठमाडौंमा आयोजित घोषणा सभामा पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउन आवश्यक भएकाले यस्तो समझदारी गरिएको जानकारी गराईयो ।

पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउने प्रयोजनका लागि ३ वटै पार्टीको उच्च स्तरीय नेता संलग्न ८ सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरिएको छ ।

जसमा एमालेबाट ४, नेकपा माओवादी केन्द्रबाट ३ र नयाँ शक्ति पार्टीबाट १ जना रहने छन् ।

आगामी प्रदेशसभा र केन्द्रीय सभाको चुनावमा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको त्यस अवसरमा जानकारी गराइयो ।

अन्य दल चुनावी तालमेलमा आए ती दललाई छुट्टयाइएका पद बाहेकका पदमा ६०–४० को भागवण्डा लागू हुने जानकारी गराइयो ।

घोषणा सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावी तालमेल कसैका विरुद्ध लक्षित नभइ नेपालको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष ओलीले ३ पार्टीको सहमतिले राष्ट्रलाई सम्वृद्धितर्फ अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ पार्टीबीचको एकता नेपाललाई आर्थिक सम्वृद्धितर्फ लाने र विश्वलाई विकासको सन्देश दिने रहेको उल्लेख गर्नुभयो ।

उहाँले यो एकता नेपाली काँग्रेस विरुद्ध नरहेको पनि बताउनुभयो ।

कम्युनिष्ट पार्टीबीचको एकता नेपालको ऐतिहासिक आवश्यकता भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीबीचको एकता ऐतिहासिक आवश्यकता भएको बताउनुभयो ।

23.12¡ÆC