बारा ।

इस्लाम धर्मालम्बीहरुले मुर्हरम र्पब मनाई रहेका छन् । इस्लाम धर्मावलम्बीहरु रहेको स्थान विशेषमा हिन्दु धर्मावलम्बीहरुले समेत यो पर्व मनाउने गरेका छन् ।

इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको नाति र हजरत अलीका सुपुत्र हजरत इमाम हुसेनको शहादतको शोकमा यो चाड मनाईन्छ ।

सत्य र असत्यको युद्धमा हाल इराक स्थित करबलाको मैदानमा उहांले शहादत प्राप्त गर्नु भएको थियो ।

यो घटना महर्रमको दश तारीखमा घटेकाले यसलाई भौमे अशुरा पनि भनिन्छ । यस चाडमा ताजिया निकाली शोक सभाको आयोजना गरिन्छ । तथा उपवासपनि गरिन्छ ।

25.12¡ÆC