एजेन्सी ।

म्यानचेस्टर युनाईटेडले ईङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा थप एक जित निकाल्दै १९ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर युनाईटेडले अन्तिम २० औँ स्थानमा रहेको क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

म्यानचेस्टर युनाईटेडका लागि फलेनीले २ तथा जुआन माटा र रोमेलु लुकाकुले १-१ गोल गरेका थिए ।

यसैगरि अर्को खेलमा म्यानचेस्टर सिटिले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिगमा श्रीर्ष स्थान कायम नै राखेको छ ।

सिटिका लागि एक मात्र निर्णायक गोल डि ब्रुनेले गरेका थिए ।

शनिबार राती नै भएको खेलमा हडर्स फिल्ड टाउनलाई ४-० गोल अन्तरले पराजित गर्दै टोटन ह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगको शनिबार राती सम्पन्न खेलहरु पछि म्यान चेस्टर सिटि पहिलो, म्यनचेस्टर युनाईटेड दोस्रो र टोटन ह्याम तेस्रो स्थानमा रहेका छन् ।

यसैगरि चेल्सी चौथो, वार्ट फोर्ड पाँचौ र लिभरपुल लिगको छैठौँ स्थानमा रहेका छन् ।

23.12¡ÆC