सुदुरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाईंदै

अशोज १, २०७४ मा प्रकाशित | 1120 views

कैलाली । सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै छ ।

विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।

परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको र भगवान श्री कृष्णले बाँचेको खुशियालीमा यो पर्व मनाईने गरिएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खांदै लुतो बाँड्ने प्रचलन छ ।

त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web