नेपाल भारत सिमा नाका ७२ घण्टाका लागि बन्द

भदौ ३१, २०७४ मा प्रकाशित | 1032 views

रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गए राति १२ बजे देखी असोज २ गते राति १२ बजे सम्मका लागी नेपाल भारत सिमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले ७२ घण्टा सम्मको लागि नेपाल भारत सिमामा आवतजावत गर्नमा रोक लगाउदै पूर्णरुपमा सिमा सिल गरेको छ ।

असोज २ मा हुने स्थानिय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाइै मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्ला संग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो । शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।

सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्ण रुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागी बिरामी बोकेर हिडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।

रौतहट जिल्लाको २६ किलोमिटर भूभाग भारतीय सिमाना सँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले बताए ।

यसै गरी जिल्ला सुरक्षा समिति रौतहटले स्थानिय तह निर्वाचनको शान्ती सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसार पसार, विक्रि वितरण तथा सेवन समेत निषेध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web