आज राति १२ बजेदेखि मौनअवधि सुरु, यी कार्य गर्न पाइँदैन् ।

भदौ ३०, २०७४ मा प्रकाशित | 861 views

काठमाडौं। स्थानीय तहको तेस्रो चरणमा प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि सुरु हुनेछ ।

मौनअवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेल राजनीतिक दल, दलतर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सन्चारजगत्ले कुनैपनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौनअवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने तथा मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोला, गम्छा, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web