मुस्ताङ ।

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धीको काम सुरु भएको छ । ट्याक खुलेको एक दशकपछि सडक स्तरवृद्धी गर्न लागीएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरु कार्यक्षेत्रमा परिचालन भएर प्रारम्भिक चरणको काम सुरु गरेका छन् । चार वटा प्याकेजमा बाँडीएको आयोजनाको काम गर्न छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयामा ठेक्का सम्झौता भएको छ ।

बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । नाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने आयोजनाका ईञ्जिनियर प्रदिप निरौलाले जानकारी दिनुभयो ।

२०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गरेर पक्कि मोटरेबल पुल निर्माण गरिने भएको छ । वि।स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि।स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगतको म्याग्दी र मुस्ताङ क्षेत्रको काम गर्न सञ्चालित आयोजना मार्फत गत पुषदेखि सुरु भएको ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धी योजनाको हालसम्म ३५ प्रतिशत प्रगती भएको छ । प्रदेश नम्बर ४ को “भाग्यरेखा” मानिएको कालीगण्डकी कोरीडोर सडक आयोजनाले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

16.12¡ÆC