पर्सा ।

असोज २ गते सम्पन्न हुन गइरहेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साको पोखरिया नगरपालिकामा सुरक्षा ब्यवस्था बलियो बनाइएको छ ।

मतदाताहरुलाई भयरहित भएर मतदान गर्न सजिलो होस् भनेर तीन घेरामा सुरक्षा ब्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्र शाहले जानकारी दिनुभयो ।

पहिलो घेरामा जनपथ,दोश्रोमा सशस्त्र र तेश्रो घेरामा नेपाली सेनालाई राखिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।पर्साको पोखरिया नगरपालिकामा कुल १५ हजार २ सय ६६ जना मतदाता रहेका छन् भने कुल १९ वटा मतदान केन्द्र तय गरिएको छ ।

19.67¡ÆC