धनुषा । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए। तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए।

चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए। उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे। तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ। स्थानिय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन।

नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको अन्न्पुर्णलाई बताए। वुधवार विहान अन्न्पुर्णसंग भेटेका सबिर आफु काग्र्रसी भए पनि याहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेका दावी गरे। धनुषा जिल्लाको दीक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ। गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन। १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ।यो समाचार आजको अन्नपूर्णमा छ । यी हुन् विमलेन्द्र निधिका कमजोरी दुर्गानन्द झा अस्पताल निर्माणमा अवरोध विश्वासपात्रलाई पक्षपोषण गृहमन्त्री भएका बेला राजनीतिपीडित भन्दै १८ आसेपासेलाई रकम शक्तिमा आएपछि पूरा कांग्रेसीलाई उपेक्षा स्थानिय एउटा प्राथमिक विद्यालयका शिक्षक महेन्द्र कापर भन्छन, यसपालीको स्थानिय तहको निर्वाचनमा निधि विरुद्धको मोर्चाबन्दी वलियो देखिएको छ।

पार्टीहरु भित्र उम्मेदवार मनोयनमा देखिएको असन्तुष्टि संगै निधिले त्यस क्षेत्रमा काम गर्दा आफना मान्छेलाई मात्रै प्राथमिकतामा दिने गरेको गुनासा व्याप्त छन। त्यसको संगै निधिको शत्ति पार्टीमा वढे संगै उनले संस्थापन भनेर कोइराला समुहमा लागेका पुराना काग्रसीहरुलाई समेत उपेक्षा गरेका कारण अहिले निर्वाचनमा काग्रेस भन्दा एमाले हावी हुन पुगको स्थानियहरु तर्क गर्छन। निधि विरुद्धको त्याहा बनेको एमाले मोर्चाबन्दीमा दुर्गानन्द्य झालाई सहिद घोषणा पनि एमालेको सरकारले गरेको मुद्धा व्यापक चर्चाको रुपमा चलीरहेको छ।

19.12¡ÆC