काठमाडौं ।

नेपाल मलेसियामा जारी १९ वर्ष मुनि उमेर समूहको ए सी सी पूर्वीय क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा थाईल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोश्रो खेलमा भुटानलाई ९ विकेटले सहजै पराजित गरेको हो ।

मलेसियाको किनरारामा बुधबार भएको एक दिवशिय क्रिकेटमा नेपालले पहिलो ब्याटिङ्ग गरेको भुटानलाई १८ ओभरमा ५० रनमै सीमित राखेको थियो ।

थाईल्याण्ड बिरुद्धको पहिलो खेलमा ७ विकेट लिएका सन्दीप लामिछानेले भुटाको पनि ४ विकेट लिएका थिए भने यस खेलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए ।

अर्को एक विकेट नन्दन यादवले लिएका थिए ।

नेपालले ८.३ ओभरमा १ विकेटको क्षतिमा जितका लागि चाहिने ५१ बनाएको थियो ।

नेपालका शुरुवाती ब्याट्स् म्यान सन्दीप सुनार २१ रनमा आउट भए पनि अर्का शुरुवाती ब्याट्स् म्यान महमद आशिफ सेखले २३ र अनिल साहले ४ रन बनाए पछि नेपालले सहजै जित हात पारेको थियो ।

यस खेलमो म्यान अफ दि म्याच नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी घोषित भएका थिए ।

नेपालको समूहमा रहेको सिंगापुरले पनि लिगका दुवै खेल जितेकाले एक खेल अगावै सेमिफाईनलको यात्रा तय गरिसकेको छ ।

नेपाल सिंगापुरबीच बिहीबार क्लब अमनमा हुने लिगको अन्तिम खेलको निर्णयले समूह विजेता र उपविजेताको टुङ्गो लाग्ने छ ।

23.12¡ÆC