प्रत्यक्षमा डराएका दल समानुपातिकमा खुशी, पहिलो दिनमै १७ दलको निवेदन

भदौ २५, २०७४ मा प्रकाशित | 959 views

काठमाडौं ।

दुई प्रतिशत थ्रेस होल्ड राख्दा बिरोध गरेका साना दल प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रक्रियामा पछि हटेपनि समानुपातिक तर्फभने आकर्षीत देखिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन विभिन्न १७ राजनीतिक दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई आयोगमा निवेदन पेस गर्न आजदेखि आगामी मंगलवारसम्मको समय दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशभा सदस्य निर्वाचन आगामी मङ्सिर १० गते आइतवार र मड्सिर २१ गते विहीवार दुई चरणमा गर्ने सरकारले निर्णय गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फभाग लिन नेपाली काङग्रेस, नयाँशक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक,  राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी लेनिनवादी,,  नेपाल मज्दुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायतका  राजनीतिक दलले आजै निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

निवेदन पेस गर्दा प्रतिनिधिसभा निर्वाचनको लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवै तर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्ने व्यवस्था रहेको छ ।

आज निवेदन पेश गर्ने अधिकास दलले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचनमा सवै निर्वाचन क्षेत्रमा भाग लिने जनाउदै निवेदन पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web