काठमाडौं ।

कमल थापा राप्रपासँग पार्टी एकता गरेको तीन महिना नबित्दै पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दल खोलेका पशुपती शम्शेर राणा शेरबहादुर दउवा सरकारमा सहभागी हुने भएका छन् ।

सरकारमा जानको लागि राणाले आसन्न निर्वाचन सफल बनाउने बहना अघि सारेका छन् ।

तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन पार्टी सरकारमा सहभागी हुन लागेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबराले जिकिर गरेका छन् ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिक पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएको छ ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् ।

काठमाडौंमा बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ ।

25.12¡ÆC