२४ घण्टे स्पष्टिकरण-गच्छद्धारको सभामा दर्जनौं गाडी र सयौं मोटरसाईकल, काँग्रेस कार्यकर्तालाई सरकारी ग

भदौ २५, २०७४ मा प्रकाशित | 761 views

काठमाडौं ।

सरकारमा उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री रहेका विजयकुमार गच्छदार आफैंले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले उनीसँग स्पष्टिकरण मागेको छ ।

निर्वाचन आयोगले गच्छद्धारसँगै जलश्रोत राज्यमन्त्री अमर सिंह पुनसँग २४ घण्टे स्पष्टिकरण मागेको हो ।

आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले गच्छदार र पुनसहित उहाँहरु सम्बद्ध पार्टीलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । पर्साको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडी र एकसय वटाभन्दा धेरै मोटरसाइकल प्रयोग गरी र्‍यालीरजुलुस निकालेर चुनाव प्रचार गरी आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टिकरण दिन भनेको हो ।

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिकाका फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई पनि आचारसंहिता उल्लंघन गरेवापत किन उम्मेदवारी रद्द गर्न नपर्ने भनी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

यसैगरी जलस्रोत राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर प्रचारप्रसार गर्दै हिँडेको भन्ने सूचना प्राप्त भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web