राजपालाई ओलीको चेतावनी- एमालेले प्रतिवादको बाटो समाउनु नपरोस् (पूर्ण पाठसहित)

भदौ १४, २०७४ मा प्रकाशित | 931 views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति त्याग्न राष्ट्रिय जनता पार्टी नेपाललाई सचेत गराएका छन् ।

नियमित स्वाथ्य परीक्षणका लागि एक साता लामो थाइल्याण्ड यात्रापछि बुधबार स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई देशका कुनैपनि भागमा जान कसैले रोक्न नसक्ने बताए ।

मंगलबार जनकपुरमा वरिष्ठ नेता माधव नेपालमाथि अवरोध सिर्जना गर्ने प्रयास भएको सन्दर्भमा सोधिएको प्रश्नमा ओलीले एमालेसँग नजिस्किन राजपालाई चेतावनी दिए ।

‘हिजो जनकपुरमा उहाँहरुले व्यवधान गर्नुभयो, आक्रमण गर्नुभयो, कार्यक्रम भाड्न खोज्नुभयो । त्यहाँ हिंसात्मक गतिविधि गराउनुभयो उहाँहरुले,’ ओलीले चेतावनी दिँदै भने– ‘ढुंगामुढा भनेको कुनै शान्तिपूर्ण गतिविधि होइन्, उच्छृङखल गतिविधि हो । तरपनि नेकपा एमालेले कार्यक्रम गर्यो गर्छ । एमाले कुनै आवेश, उत्तेजनामा पनि आउँदैन् । भागेर पनि जाँदैन् । त्यति हो हामीले प्रतिवादको बाटो समाउनु नपरोस भन्ने हामी चाहन्छौं ।’

यस्तो छ पत्रकार सम्मेलनमा ओलीको बोली

एमालेलाई देशका कुनै पनि भागमा जान कसैले रोक्न सक्दैन् । र, कसैले रोक्न खोजे असंवैधानिक, गैरकानूनी शान्तिपूर्ण गतिविधिमाथिको रोक हो ।

अब म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरुले निषेधको राजनीति जे गरिरहनुभएको छ, नेकपा एमाले लगातार त्यसैगरी ओर्लियो भने उहाँहरुको हालत के हुन्छ । तर यसको अर्थ यो होइन एमाले उहाँहरुकै जसरी निस्किन्छ । एमाले एउटा जिम्मेवार पार्टी हो । यसले देशको जुनसुकै भागमा पनि गएर कार्यक्रम गर्न सक्छ । हिजो पनि जनकपुरमा उहाँहरुले व्यवधान गर्नुभयो । आक्रमण गर्नुभयो, भाड्न खोज्नुभयो । त्यहाँ हिंसात्मक गतिविधि गराउनुभयो उहाँहरुले । ढुंगामुढा भनेको कुनै शान्तिपूर्ण गतिविधि होइन्, उच्छृङखल गतिविधि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web