जनकपुरमा एमालेलाई राजपाका कार्यकर्ताको कुचो

भदौ १३, २०७४ मा प्रकाशित | 1196 views

जनकपुरधाम ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा (एमाले) द्वारा आयोजित चुनावी सभामा राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ता अवरोध गरेका छन् ।  प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर आइपुगेका एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपाका कार्यकर्ताले कुचो देखाउँदै विरोध गरेका थिए ।

स्थानीय पिडाडी चोकमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम स्थल पुग्ने बेला राजपाका कार्यकर्ताले नेता नेपाललाई कालो झण्डा र कुचो देखाउदै विरोधमा नाराबाजी सुरु गरेपछि केहीबेर झडपको अवस्था सृजना भएको थियो ।

संविधान संशोधनको विपक्षमा मतदान गरेर संशोधन विधेयक विफल बनाउनमा प्रमुख भूमिका निर्वाह गरेको एमाले मधेस विरोधी पार्टी रहेको भन्दै राजपाका नेता कार्यकर्ताहरुले नेता नेपालको विरोध गरेका हुन् । एमालेलाई मधेसबाट धपाउनु पर्छ भन्दै राजपा कार्यकर्ताहरुले पार्टीको विरोधमा चर्को नाराबाजी समेत गरे ।

नेता नेपाल चढेको गाडीमा राजपा कार्यकर्ताहरुले ढुंगामुढा समेत गरेका थिए । कार्यक्रम स्थलमा ढुंगामुढा हुन थालेपछि प्रहरीले हस्तक्षेप गर्दा राजपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो ।

झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका आधा दर्जन कार्यकर्ता घाइते भएको राजपा नेता परमेश्वर साहले जानकारी गराएका छन् । स्थिति तनावपूर्ण भएपछि कार्यक्रमस्थलमा व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web