कञ्चनपुर । पुनर्वास नगरपालिका ९ का ३० बर्षिय सुरज सार्की को बेवारिसे शव आज विहान फेला परेको छ । पुनर्वास ९ को खड्डा जाने सडकको छेउमा भएको खाल्डोमा मृत अवस्थामा भेटिएका सुरजको शवमा कुनै चोटपटक भने नभेटिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए । शव घोप्टो अवस्थामा फेला परेको छ भने नाकबाट रगत आएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टिमका लागि सेती अञ्चल अस्पताल लैजान लागिएको प्रहरीले बताएको छ ।

त्यस्तै, दुई साता अधि मात्र पुनर्वास वडा न। ११ सिद्धदेवी मन्दिरमा माताको रुपमा बस्दै आएकी बर्ष ७९ कि धर्मा मल्ललाई अज्ञात व्यक्तिले हत्या गरेको थियो । विहान पूजा गर्न जाँदा एक स्थानीयले मृतकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरिएको थियो । सोको अहिलेसम्म अनुसन्धान टुंगिएको छैन भने प्रहरीले घटना भएको २ साता हुँदा सम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

कञ्चनपुरमा एक महिना देखि शृङ्खलाबद्धरुपमा हत्या भई रहेको छ । गत साता महेन्द्रनगरमा सशस्त्र प्रहरी जवान नरेन्द्रबहादुर कुँवरको हत्या भएको थियो । साउन २१ गते भीमदत्त नगरपालिका–९ मटैनाकी १० वर्षिय बालिका शितल विष्टको हत्या भएपछि कञ्चनपुर थप ४ जनाको ‘हत्या’ भइसकेको छ । साउन २८ गते महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा बस्ने विद्यार्थी डम्बरबहादुर जाग्रीको शव घाँटी रेटेको अवस्थामा भेटिएको थियो ।

16.94¡ÆC