बिराटनगर ।

आफु प्रधानमन्त्री रहँदा बिराटनगरमा रहेको अवैध भारतीय क्याम्पबारे एकशब्द कतै केही नबोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिराटनगर आएर यहाँ रहेको भारतीय क्याम्प हटाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

दुई दिनअघि नेपालगञ्जमा 'संविधान संशोधन गर्छु' भनी भारतीय प्रधानमन्त्रीसँग प्रतिवद्धता जनाएका प्रधानमन्त्री शेरबहादुर देउवाको उक्त भनाईको आलोचना गरेपनि हिजोमात्र देउवाको भारत भ्रमण सफल भएको भन्दै बोली फेरेका दाहालले आज फेरी देउवाको भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिबारे आफुले कुरा गर्ने बताएका छन् ।

कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा आफ्नो पार्टी असन्तुष्ट रहेको भन्दै दाहालले विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै भने-'नेपाल र भारतबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको' बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सरकारमा माओवादी केन्द्रको नेतृत्व गरेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासमेत सहभागी थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले संविधान संशोधन आवश्यक नै नभएको बताउँदै भने - ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं ।’

पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको तर्क गरेका थिए ।

अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नदिएको दाबी गरे ।

पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन दाहाल बिराटनगर आएका दाहाल बुधवार काठमाडौं फर्कनेछन् ।

21.12¡ÆC