प्रधानमन्त्री देउवाले भने-‘यहाँ पनि चुप, विदेशमा पनि चुप ! मैले बोल्न नहुने?’

भदौ १२, २०७४ मा प्रकाशित | 1014 views

काठमाडौं,भदौं १२ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अभिव्यक्तिले नेपालको शिर नझुकाएको दाबी गरेका छन्। नयाँदिल्लीस्थित हैदाराबाद हाउसमा भारतीय समकक्षीसँग भएको संयुक्त पत्रकार सम्मेलनमा देउवाले दुई तिहाइ पुर्‍याएर संविधान संशोधन गर्ने प्रतिक्रिया दिएका थिए।

उनको यो भनाइलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेका नेतालगायतले भारतमा नेपालको शिर झुकाएको प्रतिक्रिया दिएका थिए। त्यस्तै सत्तासाझेदार माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहालसमेतले यसको विरोध गरेका थिए। ‘संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको प्रस्ताव हो।

त्यो प्रस्ताव ठीक थियो। भोलि पनि ठीक हुन्छ भन्ने मेरो विश्वास छ’, देउवाले भने, ‘अब मैले कहाँ के बोल्ने, के नबोल्ने भनेर सोधिरहनुपर्ने हो?’ विदेशमा के के बोल्ने के के नबोल्ने भन्ने ‘कोड अफ कण्डक्ट’ बनाउनुपर्ने उनको भनाइ छ।

उनले आफ्नो भ्रमणले सबै नेपालीको शिर ठाडो पारेको दाबी गरे। ‘सबैभन्दा बढी शिर ठाडो मैले पारेको छु। हाम्रो पार्टीको धारणा पनि राख्न नपाउने?’प्रधानमन्त्री देउवाले भने, ‘यहाँ पनि चुप, विदेशमा पनि चुप! उहाँहरूले जे बोले पनि हुने। मैले बोल्न नहुने?' राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web