काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान बाहेक आफ्ना उम्मेदवार छानेको छ ।

एमालेले बीरगंज महानगरपालिकामा मेयरको उम्मेदवारमा बसुरुद्धिन अन्सारीलाई उठाएको छ भने त्यहाँ उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाई प्रचार-प्रसार सुरु गरेको जनाएको छ । नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका बसुरुद्धिन मेयर बन्ने शर्तमा एमालेमा आबद्ध भएका थिए ।

अहिले एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा बैंकक गएकाले उनि फर्किएलगत्तै भदौ १५ गते बाँकी सबै स्थानीय तहको उम्मेदवारको नाम सार्वजनिक गरिने एमालेले जनाएको छ ।

एमालेले मधेसमा टुंगो लगाउन बाँकी रहेको महत्वपूर्ण स्थानमा तालमेलको कसरत गर्ने बुझिएको छ । उसले कांग्रेस बाहेक अन्य दलसँग आवश्यकता अनुसार तालमेल गर्नसक्ने देखिएको छ ।

त्यस्तै एमालेले जितपुर सिमरा उप महानगरपालिकामा डा. कृष्ण पौडेललाई र कलैया उपमहानगरपालिकामा विनोद साहलाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ ।

25.12¡ÆC