काठमाडौं । नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

पार्टीका उपाध्यक्ष बामदेव गौतम नेतृत्वको टोलीले शुक्रबार आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । कानुनी व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गरिएको उपाध्यक्ष गौतमले जानकारी दिए ।

सरकारले आगामी मंसिर १० गते दुवै तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आगामी आईतबारसम्म दल दर्ता गराउन भनेको छ ।

आयोगका अनुसार अहिलेसम्म ४४ राजनीतिक दलले दल दर्ता गराएका छन । संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ ।

16.89¡ÆC