भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने काँग्रेसको मागमा माओवादीको मौन सर्मथन

भदौ ९, २०७४ मा प्रकाशित | 1082 views

काठमाडौं ।

नेपाली काँग्रेसले अडान राखेको सुन्दा पनि शरम र नैतिक पतन भएको एउटा माग हो भ्रष्टाचारीले चुनावमा उठ्न पाउनुपर्ने कानुनी व्यवस्था ।

नेपाली काँग्रेसको यही मागका कारण अहिले आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावको कानुन सरकारले निर्वाचन आयोगलाईदिन सकेको छैन । राज्य व्यवस्था समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक पास गर्न लाग्दा काँग्रेसका सांसदहरुले भ्रष्टाचारीले चुनाव लड्न नपाउने व्यवस्था हटाउन माग मात्र गरिरहेका छैनन् दबाव दिइराखेका छन् । र यसको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

रोचक कुरा त के भने यस्तो माग र दबाव नेपाली काँग्रेसले भ्रष्टाचारी ठहर भएर जेल जिवन विताएर फर्केका खुमबहादुर खड्काकै लागि आगामि चुनावमा उठ्न बाटो खुलाउनको लागि गरिरहेको छ ।

निर्वाचन आयोगले दुबै कानुन छिटो उपलब्ध बनाउन लगातार ताकेता गरिरहेको छ तर १५ भदौसम्म काननु उपलब्ध नगराए १० मंसिरको घोषित चुनावको ठेगान नहुने बताउँदा समेत सरकार चुनाव भाँडिएपनि भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने व्यवस्था हुनैपर्ने पक्षमा छ ।

राज्य व्यवस्था समितिको बैठक तीन सातादेखि अवरुद्ध छ विशेष कुरा त के भने साउन २५ गते बस्ने तय भएको बैठक एक्कासी प्रधानमन्त्रीले बैठक सार्न भनेपछि गुपचुपमा स्थगित भयो । र त्यसयता बैठक न डाकिएको छ न बस्ने छाँटकाटनै ।

समितिका सभापति दिलबहादुर घर्तीमगर दाजुको निधन भएकाले उनि काठमाडौं उपत्यका बाहिर छन् । आफू नभएपछि अरुले बैठक बोउन सक्ने गरी आफू आएको बताएपनि उनि मुल मुद्दाबारे बोल्दैनन ।

गत साउन मसान्तभित्रै कानुन पारित गर्ने तयारीअनुसार गृहमन्त्री जनार्दन शर्माले संसदमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्बन्धी विधेयक पेश गरेका थिए । तर, राज्य व्यवस्था समितिले विधेयक अड्काएको छ ।

एमाले नेताहरु भ्रष्टाचार सम्बन्धी प्रावधानका कारण कांग्रेसले विधेयक अघि बढाउन नचाहेको आरोप लगाएका छन् । तर, कांग्रेस नेताहरु विधेयकका थुप्रै दफामा प्रमुख दलहरुबीच छलफल हुन बाँकी रहेको कुतर्क गर्छन् ।

विधेयकमा भ्रष्टाचारमा दोषी ठहर भएका लगायतलाई आजीवन चुनाव लड्न नदिने प्रावधान छ । तर, कांग्रेसका सदस्यहरुले भ्रष्टाचारमा दोषी ठहर भएकालाई ३ वर्षसम्म मात्र चुनाव लड्न नपाउने व्यवस्था गर्नु पर्ने भ्रष्टाचारीलाई बल पुग्ने माग गरिरहेका छन् ।

यसको एउटै कारण हो भ्रष्टाचारीलाई पार्टीको नेता मानेर बसिराखेको नेपाली काँग्रेस खुमबहादुर खड्का लगायत भ्रष्टाचारमा मुद्दा खेपेका नेताहरुलाई अबको चुनावमा फेरी सांसद बनाएर नेतृत्व सुम्पन चाहन्छन् । र यसमा सत्ता साझेदार दल माओवादी केन्द्र मौन बसेर भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने काँग्रेसको देशघाती मागमा सघाइराखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web