कमलथापाबाट पार्टी फुटाएर पशुपती शम्शेर राणाले संसदमा दल दर्ता गराए

भदौ ८, २०७४ मा प्रकाशित | 810 views

काठमाडौं ।

कमल थापा नेतृत्वको राप्रपाबाट पार्टी फुटाएका पशुपती शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०ले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र मतभेद भएपछि राप्रपा विभाजन हुँदा उक्त दलको जन्म भएको हो । राप्रपाका कूल ३७ सांसदमध्ये नवगठित दलका पक्षमा १८ सांसद उभिनुभएको छ ।

नवगठित दलका नेता किरण गिरीका अनुसार सांसद लक्ष्मी थापा, रमेशकुमार लामा, सइन्द्र वान्तवा, गीता सिंह, बबिताकुमारी मोक्तान, सरोज शर्मा, कमलादेवी शर्मा, दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा, रामकुमार सुब्बा, धानु महरा, गीता लुइँटेल, इस्तियाद अहमद खाँ, आनन्दी पन्त,  रेशम लामा, राज्यलक्ष्मी श्रेष्ठ र विराज विष्ट उक्त पार्टीका सांसद हुनुहुन्छ ।

अझै केही सांसद आफ्नो पार्टीको पक्षमा आउने जिकिर उहाँले गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web