नयाँदिल्ली ।

पाँचदिने भारत भ्रमणका क्रममा भारत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

भेटमा राष्ट्रपति कोविन्दले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणलाई थप वृद्धि गर्ने विषयमा कुराकानी गर्नुभएको थियो ।

सो अवसरमा नवनियुक्त राष्ट्रपति कोविन्दलाई प्रधानमन्त्री देउवाले बधाई ज्ञापन गर्नुभएको थियो ।

यसैगरी आजै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गर्नुभयो । उहाँहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो ।

25.12¡ÆC