त्रिभुवन विश्व विद्यालय परीक्षा कार्यालयमा परीक्षा नियन्त्रकनै छैनन

भदौ ८, २०७४ मा प्रकाशित | 1328 views

त्रिभुवन विश्व विद्यालय परीक्षा कार्यालयमा परीक्षा नियन्त्रकनै छैनन

काठमाडौैं ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ ।

विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् ।

कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताउनुभयो ।

“नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम कारबाही रोकिएको छ”, उहाँले भन्नुभयो, “अहिले ती कागजातका लागि आवेदन लिने काममात्र भएको छ ।”

त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्टमात्र उपलब्ध गराउँदै आएको छ ।

उहाँका अनुसार, आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि  हुन सकेको छैन ।

यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ ।

त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web