पहिरो प्रभावित फालेलुङ बासीलाई राहत वितरण

भदौ ८, २०७४ मा प्रकाशित | 816 views

पाँचथर ।

पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ का पहिरोबाट विस्थापित ११४ परिवारलाई बुधबार प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरिएको छ ।

केन्द्रीय दैवीप्रकोप राहत समितिबाट आएको रु दुई हजार १०० प्रतिव्यक्तिका दरले २०२ जना व्यक्तिलाई राहत प्रदान गरिएको जिल्ला दैवीप्रकोप राहत समिति तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट प्रतिपरिवार ३० केजीको चामलको बोरा, तीन केजी दाल, दुई लिटर तेल, दुई पोका आयोडिन नूनका दरले रु दुई लाख ४८ हजार ५०० का दरले राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले भाँडाबर्तनका सेट, कम्बल दुई, बाल्टी, डोरी, एक केजीका दरले मुरई, एक केजीका दरले चिउरा, तीन प्याकेट चाउचाउका दरले ११४ परिवारलाई राहत सामग्री वितरण गरिएको शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाले बताउनुभयो ।

यसअघि पनि रेडक्रसले १५ परिवारलाई खाद्यान्न सामग्री र ४८ परिवारलाई त्रिपाल वितरण गरेको थियो । यस्तै, पहिरोमा परेर मृत्यु भएका विष्णुभक्त राईकी नातिनी प्रियाको परिवारलाई रु दुई लाख र पहिरोले किचेर मृत्यु भएका फालेलुङ गाउँपालिका वडा नं १ का त्रिलोचन विकको परिवारलाई रु दुई लाख राहत रकम प्रदान गरिसकिएको  जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

पहिरोमा परेर बेपत्ता भएका विष्णुभक्त र उनकी छोरी गंगाको भने अहिलेसम्म शव भेट्न सकिएको छैन । पहिरोमा परी त्यस वडाको खोलाघारी, खोलागाउँ, ताङ्लेपा, माङ्लेबुङका विस्थापित परिवार अहिले कोही छिमेकीको घरमा त कोही विद्यालयको प्रांगणमा शरण लिएर बस्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web