देउवा सरकारको मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो, १५ राज्यमन्त्री थपिए ।

भदौ ६, २०७४ मा प्रकाशित | 1171 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् ।

उनले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गरेका हुन् ।

मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले मंगलबारै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।

मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्र्रिन, सरिता प्रसाइँ, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् ।

यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।

गत आइतबारमात्रै मन्त्रिमन्डलमा माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थपिएका थिए । राज्यमन्त्रीहरुसमेत गर्दा देउवा मन्त्रिमन्डलको संख्या ५० सदस्यीय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web