राप्रपा कमल थापाद्धारा विवादास्पद संविधान संशोधनको विपक्षमा मतदान गर्न ह्विप

भदौ ५, २०७४ मा प्रकाशित | 859 views

काठमाडौं ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादास्पद संविधान संशोधनको बिपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाले ह्विप जारी गरेको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी गरेकी हुन् ।

पार्टीको यही भदौ १ देखि ४ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

राप्रपाको यो निर्णयसँगै संविधान संशोधनको बिपक्षमा रहेको नेकपा एमालेलाई बल पुगेको छ भने गणपुरक संख्याका आधारमा सत्ताधारी दलहरुले अघि सारेको विवादास्पद सविधान संशोधन संसदबाट पारित नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web