डडेल्धुराको पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

भदौ ५, २०७४ मा प्रकाशित | 1287 views

डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ ।

जोगबुडा बजारबाट घर जाने क्रममा आईतबार राति साढे ८ बजे तिर पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडाका घर भएका ४५ वर्षीय वडा सदस्य नर बहादुर धामीको मृत्यु भएको हो ।

धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए । खोलाले बगेका धामीको शव सोमबार बिहान बगेको स्थानबाट करिब १ किलोमिटर फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web