भुटानले साफ फुटबलमा श्रीलंकालाई ६ गोलले हरायो

भदौ ४, २०७४ मा प्रकाशित | 1499 views

काठमाडौं ।

१५ वर्ष मुनि उमेर समूहको दक्षिण यशियाली फुटबल महासंघ साफ फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा भुटान विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा आईतबार भएको खेलमा भुटानले श्रीलङ्कालाई ६-० गोलको विशाल अन्तरले पराजित गरेको थियो ।

भुटानका लागि जिग्मी पुनस्तोले २ तथा दोर्जी खान्दो, कर्मा क्षेत्रीम, किङ्गा वान्चुक र सिधार्थ गुरुङ्गले १-१ गोल गरेका थिए ।

पहिलो खेलमा बंगलादेश संग हारेको श्रीलङ्का यो पराजय संगै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूह ए को विजेता र उपविजेता छुट्टाउने अन्तिम खेल भुटान र बंगलादेशबिच मंगलबार हुनेछ ।

समूह बि मा रहेको नेपालले भने प्रतियोगिताको आफ्नो पहिलो खेल माल्दिभ्स संग सोमबार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web