काठमाडौं ।

१५ वर्ष मुनि उमेर समूहको दक्षिण एशियाली फुटबल महासंघ साफ प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा शनिबार भएको खेलमा भारतले माल्दिभ्स्लाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

पुरै एकतर्फी खेलमा भारतका लागि रवि बहादुर रानाले तीन गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

माल्दिभ्स्ले दुई वटा आत्मघाती गोल गरेको थियो ।

नेपाल रहेको यस समूह बी को यो पहिलो खेल हो ।

नेपालको पहिलो खेल माल्दिभ्स्सँग मंगलबार हुनेछ भने दोश्रोे खेल भारतसँग बुधबार हुनेछ ।

23.12¡ÆC