इलाम ।

दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा रहेको इलाममा गत बर्ष करिव ५ अर्ब बरावरको दूध तथा दूूग्धजन्य पदार्थ उत्पादन भएको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष दूध उत्पादन करिव २ प्रतिशतले वृद्धि भई एक लाख २३ हजार ७४० मे।ट। दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा १ लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४मा उत्पादन वृद्धि भएको हो ।

व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो ।

इलामबाट दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै निजी स्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरीमा बिक्री हुने गरेको छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् ।

23.22¡ÆC