काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा सहमतिका साथ अघि बढ्न प्रमुख तीन दलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो ।

भेटपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति भण्डारीले तराई÷मधेशमा डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीन दलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

16.23¡ÆC