विवेकशिल साझा पार्टीद्धारा माटोको टिका लगाउंदै ६ नम्बर प्रदेश संयोजक घोषणा

भदौ ३, २०७४ मा प्रकाशित | 904 views

सुर्खेत ।

बाढी पहिरो पिडितको उद्दार तथा राहतमा सहयोग सँगै पार्टी विस्तारमा जुटेको विवेकशिल साझा पार्टीले पार्टी विस्तारको नयाँ शैलि अपनाएको छ ।

सो पार्टीले सुर्खेतमा आयोजित बृहत् भेलामा प्रदेश नम्बर ६ को माटोको टीका लगाएर ६ नम्वर प्रदेशमा पार्टी संयोजक चयन तथा विस्तार गरेको छ ।

साझा पार्टीले दिएको जानकारी अनुसार ६ नम्वर प्रदेशका प्रतिष्ठित समाजसेवी, नेपाल जेसिसका भूतपूर्व राष्ट्रिय अध्यक्ष तथा दुईवटा सरकारी विद्यालयलाई नमूना विद्यालय बनाएका पूर्व प्रधानाध्यापक गेहेन्द्र दाहाल ९फोटोमा देब्रे० लाई विवेकशील साझा पार्टीले प्रदेश नम्बर ६ को संयोजक तथा केन्द्रीय सदस्य चयन गरेको छ ।

कार्यक्रममा दलका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरू दिनेश प्रसाईं, रन्जु दर्शना, मुमाराम खनाल, गत हप्ता प्रदेश नम्बर ७ को संयोजक चयन भएका सो पार्टीका गोपाल हमाल लगायत समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महानुभाव लगायत सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोल्दै पार्टी संयोजक रविन्द्र मिश्रले देशलाई सही नेतृत्व दिने अभियानमा सहभागी हुनुभएका गेहेन्द्र दाहाललगायत सबैलाई बधाइ एवम् शुभकामना व्यक्त गरेका थिए ।

देशमा बाढीले धनजनको क्षति पुर्याएको यस दुखद् स्थितिमा विवेकशील साझा पार्टीका समूहहरू तराईका जिल्लाहरूमा राहत वितरण कार्यमा सहयोग गरिरहेका बताउँदै साझा पार्टी यसमा सहयोग गर्न देश विदेशमा रहेका साझा पार्टी समर्थक शुभचिन्तक तथा सदस्यहरुमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web