प्रमको भारत भ्रमणका एजेण्डाबारे संसदीय समितिमा छलफल

भदौ २, २०७४ मा प्रकाशित | 824 views

काठमाडौं ।

प्रधानमन्त्रीको आशन्न भारत भ्रमणको एजेण्डा बारेमा संसदीय समितिमा आज छलफल भएको छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भएको छलफलको क्रममा सांसदहरुले  नेपालको हितमा हुने गरी छलफलको एजेण्डमा आवश्यक तयारी गरेर मात्र भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

सांसदहरुले भारतीय पक्षबाट बनाइएका बाँधका कारण भएको तराई डुबान, पेट्रोलियम पदार्थको आपुर्तिमा भएको असहज व्यवस्था, नेपालको यातायात साधन प्रयोग गरी ढुवानी व्यवस्थाका सम्बन्धमा नेपालको हितमा हुने गरी भ्रमणमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले आपूर्ति मन्त्रालयले चाडवाडको समयमा खाद्यन्न लगायत दैनिक आवश्यकीय वस्तु सहज आपुर्ति गर्न नसकेको, नेपाल आयल निगमको सेवा प्रभावकारी नभएको भन्दै नेशनल ट्रेडिङ लिमिटेडलाई पुनर्जीवन दिनुपर्ने तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने विषयमा पनि जोड दिनुभयो ।

बैठकमा आपुर्र्तिमन्त्री शिवकुमार मण्डलले समितिले दिएको निर्देशनलाई पालना गर्न र सेवालाई प्रभावकारी बनाउन सरकार तयार रहेको बताउनुभयो ।

बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाल भारत बीचको पेट्रोलियम पदार्थको ढुवानी र आपुर्तिमा देखिएको समस्यालाई कुटनीतिक पहलमा समाधान खोजिने बताउनुभयो ।

आपूर्ति सचिव प्रेमकुमार राईले नेपाली बुलेटबाट नै ग्याँस र पेट्रोलियम पदार्थको ढुवानी गर्ने विषयमा दुइ देशका मन्त्री स्तरीय वार्ता सकारात्मक भए पनि व्यवहारमा त्यो नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web