काठमाडौं । चरित्र हत्या गर्ने मनसायले काग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कारबाही गरेको सांसद मिठ्ठु मल्लले आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सांसद मल्लले गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीलाई घात गरेको भन्ने निराधार आरोप लगाएर साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिएकोमा खेद व्यक्त गरेकी छिन् ।

सांसद मल्लले भनिन्,’म त्यतिबेला सहरी राज्यमन्त्री थिएँ, यो कुरा कति पत्याउन लायक छ ? त्यस्तो अवस्थामा मैले पार्टीको आस्था र मयार्दालाई शिरमा राखेर निर्वाचनमा पार्टीलाई विजयी बनाउन खटिएँ तर पार्टीका साथीहरुले यस्तो गैर-जिम्मेवार र व्यक्तिगत रिसिइबीले गर्दा आज चरित्र हत्या गर्न खोजिएको छ ।’

उनले अघि थपिन्, ‘म २०४७ सालमा सुशील कोइरालाले मलाई नेपाल महिला संघको अध्यक्ष बनाउनु भएको थियो, मरो परिवारले कांग्रेसको लागि ठुलो योगदान दिएको छ, सबै साथीहरुलाई मेरो आग्रह छ तपाईंहरु विचलित नहुनुहोस् हाम्रो जित्ने दिन आउँछ ।’

रुकुम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई घात गरेको स्पष्ट प्रमाण कसैले दिएको खण्डमा कारवाही भोग्न तयार रहेको बताए ।

18.41¡ÆC