काठमाडौं ।

भारतको चण्डिगढमा १० वर्षकी बलात्कार पीडित आमा बनेकी छन् ।

चण्डिगढको सरकारी अस्पतालमा बिहीबार विहान उनले छोरी जन्माएकी हुन् ।
आमा र बच्चा दुबै स्वस्थ्य रहेको अस्पतालका एक अधिकारीले बीबीसी हिन्दीलाई बताएका छन् ।

यसअघि पीडित बालिकाको परिवारले गर्भपतनका लागि सुपि्रम कोर्टमा आवेदन दिएका थिए तर, अदालतले मानेन ।

मेडिकल बोर्डको रिपोर्टमा गर्भपनतले बलात्कृत बालिका र उनको गर्भमा हुर्किँदै गरेको शिशु दुबैका लागि ठीक नहुने भनेपछि सर्वोच्चले यो निर्णय लिएको थियो ।

१० वर्षीया बच्चीलाई उनको काकाले बलात्कार गरेको आरोप छ ।

23.67¡ÆC