१ रुपैयाँ च्यात्नेलाई ३ महिना जेल….

भदौ १, २०७४ मा प्रकाशित | 2793 views

काठमाडौं । कसैलाई देखाउन वा रिसको झोकमा नेपाली नोट च्यात्ने गर्नुभएको छ ? त्यस्तो बानी छ भने होसियार ।

तपाईंले १ रुपैयाँको नोट च्यात्नुभयो भने पनि ३ महिना जेल बस्नुपर्ने हुन्छ ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गरी हालै संसदले पारित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का केरमेट, जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ ।

यसरी नोट तथा सिक्का केरमेट गर्ने, जलाउने, गाल्ने र च्यात्नेलाई सो दफाको उपदफा २ मा जरिवाना र ३ महिनासम्म जेलको सँजाय हुने व्यवस्था गरिएको छ ।

अब कसैले नोटमा लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन भएको मानिने छ । र, सोही अनुसार कारवाही हुने छ ।

सफा नोट नीति अंगालेको नेपाल राष्ट्र बैंकले केही वर्षदेखि नोटमा स्टिज लगाउन पनि प्रविबन्ध गरेको छ ।

राष्ट्र बैंकले समयसमयमा नोट सफा राख्न निर्देशनसमेत दिँदै आएको छ ।

नक्कली नोट बनाउनेलाई १० वर्ष जेल

अपराध संहिताअनुसार कसैले खोटा अर्थात् नक्कली मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुंदैन ।

त्यस्तो कसूर गर्ने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र ५० हजार रुपैंयादेखि १ लाख रुपैंयासम्म जरिबाना हुनेछ ।

नक्कली नोट चलाउनेलाई पनि ७ वर्ष जेल

कसैले खोटा मुद्रा हो भन्ने जानी जानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा विक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्दे सरह चलनमा ल्याउन वा सो गर्न उद्योग गर्न वा आपूmसँग राख्न नहुने संहितामा उल्लेख छ । यस्तो कसूर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैंयासम्म जरिबाना समेत हुनेछ ।

त्यसैगरी, संहिताअनुसार सद्दे सरह व्यवहारमा चलाउने नियतले वा सो हुन सक्तछ भन्ने जानी जानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वा पैठारी गर्न वा आपूmसँग राख्न हुदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web