बैतडी ।

दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर नेकपा एमाले जिल्ला कमिटि सदस्य पार्वति पार्किको ज्यान गएको छ ।

लेकम गाउँपालिका ४ झलाती बस्ने ३९ वर्षीय पार्कीको घाँस काट्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नेकपा एमालेकी नेतृ पार्किको भीरबाट लडेर बिहान निधन भएको नेकपा एमाले दार्चुलाका अध्यक्ष राम दत्त जोसीले बताउनुभयो ।

एमाले दार्चुलाले सामाजिक आन्दोलनकी अभियन्ता तथा कुसल महिला नेतृ पार्किको निधनले एमाले स्तब्ध भएको बताउनुभयो मृतक पार्कि प्रति एमाले दार्चुलाले शोक व्यक्त गरेको छ ।

मृतक पार्कीका श्रीमान २ छोरा र एक छोरी छन् दार्चुला जिल्लामा घाँस काट्ने बेला भिरबाट लडेर बर्षेनी दर्जन बढिको अकालमै ज्यान जाने गर्दछ ।

24.55¡ÆC