बाढीबाट विस्थापितको बस्तीमा चोरी

साउन ३२, २०७४ मा प्रकाशित | 999 views

रौतहट । बाढीबाट विस्थापित रौतहटको देवाही गोनाही गाविस–८ को दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित यो बस्तीका १ सय ४० घरधुरीका परिबार अझै घर फर्कन सकेका छैन ।

उनीहरु वडा नम्बर २ स्थित बजारटोलमा आश्रय लिएर बसेपछि उनीहरुका घरमा चोरी हुने क्रम बढेको हो ।

विस्थापित भएकाहरुले आफ्नो घरमा भएको अन्न, कपडालगायतका सामान चोरी भएको गुनासो गरेका छन् ।

विस्थापितहरुले चोरी भएका गुनासो गरिरहे पनि प्रहरी प्रशासन अझै त्यहाँ पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web