बाढी पहिरोका कारण माग पूरा नभई तोड्ने भए डा. केसी अनशन

साउन ३१, २०७४ मा प्रकाशित | 1296 views

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीले अनशन स्थगित गर्ने तयारी गरेका छन्।

देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका कारण जनधनको क्षति भएकाले डा. केसीले अनशन स्थगित गर्न लागेका हुन्। केसीले आफू जसको स्वास्थ्यका लागि संघर्ष गरेको हो उनीहरु पीडामा भएका बेला अनशन बसिरहनु उचित नभएको भन्दै अनशन स्थगित गर्न लागेका उनका एक सहयोगीले जानकारी दिए।

केदारभक्त माथेमा कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राखेर डा. गोविन्द केसीले साउन ९ गतेदेखि अनशन सुरु गरेका थिए। उनको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै चिकित्सकहरुले देशभरीका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिसकेका थिए।

तर गएको विहीबारदेखि बाढी, पहिरो र डुवानका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि डा. केसीको आग्रहमा चिकित्सकहरुले आन्दोलन फिर्ता लिइसकेका छन्। डा.केसीले मंगलबार साँझ नै अनशन तोड्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web