पोखरामा ब्यारेक भित्रै गोली चल्यो, सैनिकले गरे सहकर्मीको हत्या

साउन ३१, २०७४ मा प्रकाशित | 1858 views

पोखरा ।

पोखरामा सेनाकै ब्यारेकभित्र गोली चल्दा गएराती यहाँ एक सैनिक जवानको निधन भएको छ ।

फेवाताल किनारको रत्न मन्दिर 'तत्कालीन राजदरबार' मा गएराति नेपाली सेनाका प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी गणेश विष्टको गोली हानी हत्या गरेको बताइएको छ ।

आपसी मनमुटावका कारण दार्चुलाका लोहारले वैतडीका विष्टमाथि गोली चलाएको र लोहारलाई प्रहरीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।

रत्न मन्दिर तत्कालीन दरबारको पोखरा आवास हो । अहिले उक्त दरबार नेपाल ट्रस्टको स्वामित्वमा छ ।

यसको सुरक्षा नेपाली सेनाको पोखरा फूलबारीस्थित सिद्धबक्स गणले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web