राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्ने

साउन ३०, २०७४ मा प्रकाशित | 1192 views

काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ को संशोधन गर्न बनेको कमिटिले अवकाशको लागि ५८ वर्षे उमेर हद आधार मान्न सुझाव दिइएको छ ।

‘५८ वर्षे उमेर हद राख्ने गरि गएको प्रतिवेदनमा ३० वर्षे सेवा अवधि हटाउनु हुन्न भन्ने हाम्रा युनियनहरुले दिएको सुझावलाई फरक मतको रुपमा राखिएको बुझिएको छ,’ एक युनियन अधिकारीले भने । राष्ट्र बैंकले गत साता मात्रै प्रवक्ता बाहेक अन्य कर्मचारीहरुलाई यस विषयमा जानकारी नदिन आचार संहिता नै लगाएको स्रोतले बतायो ।

सञ्चालक समितिमा पेश गरेको प्रतिवेदन नै पाश गर्ने रणनीतिमा समिति रहेको बुझिएको छ । ‘हामीले आएको प्रतिवेदनमा असहमत्ति जनाएका छैनौं, त्यो प्रतिवेदन बनाउने समितिमा लोक सेवा आयोगका सहसचिव पनि छन्, लोक सेवा आयोगको सहमति भएमा हामीले फरक धारणा राख्नु पर्ने देखिएन,’ राष्ट्र बैंकका सञ्चालक समिति सदस्य तथा अर्थ सचिव शान्तराज सुवेदीले भने ।

आयोगको सहसचिवसहितको समितिले पेश गरेको प्रतिवेदन बोर्डले पास गरेमा लोक सेवा आयोगमा स्वीकृतीको लागि पठाइनेछ । ‘सरकारी क्षेत्रमा कायम सेवा अवधिलाई राष्ट्र बैंक र संस्थानहरु (नेपाल बैंक लगायतमा) मा लागु गराएर एकरपता कायम गर्ने र दक्ष जनशक्तिलाई चाँडै अवकाश दिने भन्दा काम गर्न सक्ने अवस्थासम्म राख्ने रणनीति अंगाल्न थालिएको हो,’ अर्थसचिव सुवेदीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web