काठमाडौं । सडक किनारमा त्रिपाल मुनि दिन काटिरहेका विराटनगरका बाढीपीडितहरुको बिचल्ली भएको छ । बृद्धवृद्धा, बालबालिका, गर्भवती र बिरामीहरुको अवस्था दयनीय छ ।
उनीहरु सरकारबाट राहत कुरिरहेका छन् ।

तर पर्याप्त राहत नपाएको उनीहरुको गुनासो छ ।
कतिपय बासिन्दा पानीले भिजेका आफ्ना सामान सुकाइरहेका देखिन्छन् । विराटनगर ४ जमुनागाछीको किराना पसल सञ्चालक सुरेन्द्र यादव भिजेका नोटहरु सुकाइरहेको भेटिए ।

पसल पानीमा डुबेपछि ४० हजार नगद भिजेको र आज घाम लागेकाले सुकाउन थालेको उनले बताए ।
यसैबीच कांग्रेस नेता शेखर कोइरालाले सोमबार पीडितलाई भेटेर कपडा, चाउचाउ लगायतका सामग्री वितरण गरेका छन् ।
मोरङमा बाढीमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।

23.72¡ÆC