कोसी ब्यारेज बमले उडाएर भारत बगाइदिने आइएसको चेतावनी

साउन ३०, २०७४ मा प्रकाशित | 3361 views

सप्तरी । आइएसले सप्तकोसीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछि भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ ।

भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसले कोसी ब्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक बसेर कोसी ब्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ ।

आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक तथा क्षेत्रीय सुरक्षा समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको पूर्वाञ्चल कार्यालयमा बसेको बैठकले आइएसले कोसी ब्यारेज भत्काएर भारत बगाउने धम्कीलाई मध्यनजर गर्दै भारतले माग गरे अनुसारको सुरक्षा व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार कोसी ब्यारेजमा सोमबारबाटै सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताएका छन् ।

भारतीय गुप्तचर संस्था ‘र’ ले आयएसले कोसी ब्यारेजमा आक्रमण गरी भतकाउन लागेको सूचना पाएपछि भारितय संचारमाध्यमले समेत कोसी ब्यारेजमा आइएसले आक्रमण गर्न लागेको समाचार प्रकाशित गरेका छन् ।

भारतीय सञ्चार माध्यममा कोसी ब्यारेज भत्काउने धम्की दिएको समाचार बाहिर आएपछी भारतको वीरपुर जिल्लाका डिएमले लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई पत्र लेखेर कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आइसले कोसी ब्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेपछि कोसी ब्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको पूर्वाञ्चलका क्षेत्रिय प्रशासक आचार्यले बताए ।

आइएसले कोसी ब्यारेज भत्काउने धम्की दिएपछी भारत सरकारले समेत विहार राज्यको हररिया र सुपौल जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय पत्रकार राजीव कुमारले जानकारी दिएका छन् । उनका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले कोसी ब्यारेज आसपासको भारतीय भूमि वीरपुर र भीमनगर क्षेत्रमा कडा सुरक्षा दिएका छन् ।

भारतले कोसी ब्यारेजको सुरक्षा गर्न आग्रह गरेपछी कोसी ब्यारेजको सप्तरी र सुनसरीको दुवैतर्फ सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएका छन् । आइएसले के कारणले कोशी ब्यारेजमा आक्रमण गर्न लागेको भन्ने विषयमा भारत पक्षले स्पष्ट रुपमा भने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web